महाकालीमा पानीको बहाव बढ्दा सवारी साधन ठप्प

होमल्याण्ड खबर

२०७७ श्रावण १५ गते, बिहीबार ०८:४० मा प्रकाशित

काठमाडौँ । महाकाली नदीमा पानीको बहाव बढेको छ । दुई दिनदेखिको लगातारको वर्षाका कारण बिहिबार बिहानदेखिनै पानीको बहाव बढेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

बिहिबार बिहान  महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको प्रहरीले जनाएको छ । भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेज (बनवासा पुल) मा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो ।

लकडाउनका  कारण भारतबाट उक्त नाका भएर नेपाली फर्किने गरेको भए पनि सवारी साधन भने पूर्णरुपमा बन्द छन् । वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रहसमेत गरिएको छ । महाकाली किनारमा बनिरहेको छ लेनको पहुँच मार्ग र सो क्षेत्रको तटबन्धका कारण भीमदत्तनगरपालिका–११ भुजेला र वडा नंं १२ का तटीय क्षेत्रका बासिन्दा भने सुरक्षित छन् । विगत वर्षहरुमा सो क्षेत्रमा महाकाली नदीले हरेक वर्ष क्षति पु¥याएको आएको थियो