नेपाल प्रहरीको प्रवक्ता परिवर्तन

होमल्याण्ड खबर

२०७७ श्रावण १५ गते, बिहीबार १०:०७ मा प्रकाशित

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता परिवर्तन भएका छन् । नयाँ प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई तोकिएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी बुधबार देखि तोकिएको हो।

यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डिआईजी निरजबहादुर शाही थिए ।