कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन

होमल्याण्ड खबर

२०७७ श्रावण १६ गते, शुक्रबार ११:०२ मा प्रकाशित

वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् ।

५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो ।

बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका क्रममा बिहीबार राति करिब ११ बजे मृत्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए ।