गण्डकी प्रदेशका ६ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण १६ गते, शुक्रबार ११:२८ मा प्रकाशित

काठमाडौँ।गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका एक,म्याग्दीका दुईजना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा कास्कीका तीन जनामा कोरोना पुष्टि भएको हो। यो सँगै ​प्रदेशभर कूल संक्रमित एक हजार ४ सय ८५ पुगेका छन् ।जसमध्ये एक हजार २ सय ४३ जना संक्रमणमुक्त भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।