काठमाडौंमा दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ श्रावण १६ गते, शुक्रबार १३:२८ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाका एसपी भीमप्रसाद ढकालले उनीहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

यसैगरी, प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो ।