बालुवाटारमा प्रदर्शन गर्ने इनफ इज इनअफ समूहका युवा पक्राउ

होमल्याण्ड खबर

२०७७ श्रावण १६ गते, शुक्रबार १४:५४ मा प्रकाशित

काठमाडौँ । इनफ इज इनअफ समूहले बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् ।

साे प्रदर्शनमा ५२ जना अभियन्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

प्रदर्शनमा जाने क्रममा बाटोबाट नै प्रहरीले रन्जु दर्शना, आलोक सुवेदी, शशीबिक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङ लगायतलाई प्रहरीले पक्राउ गरिएको बताइएकाे छ ।