११ जेष्ठ २०८३, सोमबार
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आइताबार राति करिब दुई बजे खसेको पहिरोले कभर्ड हल निर्माणमा खटिएका कामदारहरु पुरिएको इलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ । पहिरो खसेको करिब एक घण्टापछि पुगेको प्रहरीको टोलीले राति देखि नै उद्धार कार्य जारी राखेको छ । तीन घण्टाको प्रयासमा बिहान करिब ६ बजे एक जना भारतीय नागरिकलाई पहिरोस्थलबाट जीवितै उद्धार गरी प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।


पहिरोमा पुरिएका अन्य आठ जनाको उद्धार कार्य जारी रहेको छ । उद्धारमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् ।