उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार १६:५४ मा प्रकाशित

काठमाडौैँ उपत्यकामा थप ८७ जनामा कोरोना भाइरस(कोभिड—१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौैमा सबैभन्दा बढी ७६,ललितपुरमा १० र भक्तपुरमा १ जना गरी उपत्यकामा ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन् । हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ । मुलुकमा कोरोनाका संक्रिय बिरामीको संख्या ६ हजार २ सय ९६ गौतमको भनाई छ ।पछिल्लो २४ घण्टामा २३३ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।