ओम अस्पतालमा ज्यान गुमाएकी एक वृद्धामा कोरोना देखियो

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार १७:५३ मा प्रकाशित

काठमाडौं, काठमाडौंको चाबाहिलस्थित ओम अस्पतालमा मृत्यु भएको एक जनामा कोरोना पुष्टि भएको छ ।

धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया संक्रमित वृद्धाको ओम अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी थिइन् ।

श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेपछि धनुषाबाट ओममा ल्याइएको वृद्धालाई १७ गते आईसीयूमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको बताइएको छ।