वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार २१:३६ मा प्रकाशित

वीरगञ्जमा बिहिबार कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ वर्षीय पुरुषको मृत्यु कोरोनाबाटै भएको पुष्टि भएको हो ।

मृतक पुरुषको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

यस्तै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमाा ती बृद्धको पनि पीसीआर रिर्पोट पोजेटिभ आएको उपाध्यायले बताए । बिहीबार साँझ प्राप्त रिपोर्टमा ती वृद्धको पनि पीसीआर रिपोर्ट पाजिटिभ आएको हो । योसंगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।