एकैदिन ४६४ नयाँ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ श्रावण २३ गते, शुक्रबार १६:५३ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा सात हजार ९ सय २६ जनामा गरिएको पीसीआर परीक्षणमा चार सय ६४ जनामा संक्रमण देखिएको हो ।

हाल देशभर ६ हजार तीन सय ३० जना संक्रमित उपचाररत अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थप चार सय २५ जना संक्रमित निको भएसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।