उपत्यकामा आज मात्रै १०६ जनामा नयाँ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ श्रावण २३ गते, शुक्रबार १७:०७ मा प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।