१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ ।’इनफ इज इनफ’का अभियन्ता ईःले २२ दिनपछि आज अनशन तोड्ने भएका छन् । मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र अभियानका प्रतिनिधिबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि अनशन तोड्ने भएका हुन् ।
सरकारसँग यसअघि भएको सम्झौता कार्यान्वयन हुने भएकाले आज औपचारिक सम्झौता गर्ने तयारी भएको अभियन्ता अग्रिमा केसीले जानकारी दिए । आफूहरुले राखेका अधिकांश माग पूरा गर्न सरकार तयार रहेको उनले बताए । सत प्रतिशत पिसिआर, सरकारले कोरोना रोकथामका लागि गरेको खर्चबारे सबै जानकारी पाउनुपर्ने लगायत माग राखेर २२ दिनअघिदेखि अभियन्ता अनशनरत थिए ।

