१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिए ।
संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका हुन् । वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताए। । संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् । ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण देखिएको छ । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । संक्रमण पुष्टी हुनेमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारी र वरुणयन्त्रका दुईजना कर्मचारी समेत रहेका छन् ।


त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला परवानीपुर ३ निवासी ३२ बर्षिय १ जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका ६ निवासी २२ बर्षका १ जना पुरुष र सर्लाही जिल्लाका ३६ बर्षका १ जना पुरुष रहको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए ।