१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
फोन गर्दा पैसा नलाग्ने १०० नम्बरको कन्ट्रोल रुपमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुने गरेका छन् । सोही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमितको निकट रहेका अन्य अधिकारीको पीसीआर परीक्षणको तयारी गरिएको बताइएको छ ।


यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो । नगर प्रहरीलाई ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।