उपत्यकामा एकैदिन १३४ जनामा देखियाे कोरोना

होमल्याण्ड खबर

२०७७ श्रावण २७ गते, मंगलवार १६:५३ मा प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।

संक्रमितहरु काठमाडाैंकाे ११०, ललितपुरकाे ८ र भक्तपुरकाे १६ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०५८ ललितपुरमा १५१ र भक्तपुरमा १०६५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १३०६ पुगेको छ ।

आज देशभर ६३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।