उपत्यकामा थप १३८ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण २८ गते, बुधबार १६:४३ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र  भक्तपुरका ८ जना रहेको छ ।