सवारी पास वितरण रोक्न गृहको निर्देशन

होमल्याण्ड खबर

२०७७ श्रावण २८ गते, बुधबार २१:१३ मा प्रकाशित

काठमाडौं । गृहमन्त्रालये सवारी पास रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहले बुधबार परिपत्र गरेको हो। देशभर कोरोना संक्रमणका घटना बढेका बेला गृहको पछिल्लो निर्देशन आएको हो।

पछिल्लो २४ घण्टामा मात्र थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ४३२ पुगेको छ।

उपत्यकामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १०९ जना सङ्क्रमित थपिएका छन् ।