१० मंसिर २०८१, सोमबार
फोटो पत्रकार क्लबको सदस्य श्रेष्ठले शनिबार बिहान ८ः१० बजे शिखर चुमेकी छन् ।
सफल आरोहणसँगै श्रेष्ठ सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छिन् ।
‘सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बन्न सफल फोटो पत्रकार पूर्णिमाप्रति फोटो पत्रकार क्लब गर्व गर्दछ’, फोटो पत्रकार क्लबले जारी गरेको विज्ञप्तिमा लेखिएको, ‘यो नेपाली फोटो पत्रकारिता जगत तथा फोटो पत्रकारको लागि गौरवपूर्ण क्षण भएको छ।’
गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी २६ वर्षीया श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८१६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी छन्।
आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी छन्।
नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको ३ फोटो नेपाल अभियान अन्तर्गत रहेर फोटो पत्रकार क्लबको प्राविधिक सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी हुन्।