आजदेखि काठमाडौ उपत्यकामा आउन जान रोक

होमल्याण्ड खबर

२०७७ श्रावण २९ गते, बिहीबार १३:३५ मा प्रकाशित

काठमाडौ । कोरोना भाइरस (कोभिड—१९)बाट संक्रमित हुनेको संख्या निरन्तर बढ्दै गएपछि काठमाडौ भित्रने र बाहिरिनेका लागि दिइने पास पूर्ण रुपमा बन्द गरिएको छ । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्सलाई भने रोकतोक नगरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो । गृह मन्त्रालयको निर्देशनमा काठमाडौंले यस्तो ब्यवस्था गरेको हो । अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान नपाइने बताइएको छ । गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

यसअघि सोमबार नगरपालिका मेयर फोरमको बैठकले उपत्यकामा अत्यावश्यक बाहेकका अन्य सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको थियो ।