१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज (शुक्रबार) बिहान करिब ४ बजेको समयमा गएको पहिरोले २२ घर पुरिएको छ। पहिरोमा ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका गरिएको छ ।
पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्। अहिले पहिरो गएको क्षेत्रमा प्रहरी टोली जाँदै गरेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता माधव काफ्लेले जानकारी दिनुभयो। ‘घटनास्थल दुर्गम ठाउँमा भएकोले घटनास्थल पुग्न अझै कम्तिमा पनि दुई घण्टा लाग्ने प्रवक्ता काफ्लेले बताए । उनका अनुसार के कति क्षति भयो भन्ने बारेमा प्रहरी घटनास्थल पुगेपछि थाहा हुनेछ। यसबारे थप विवरण आउन बाँकी रहेको छ।

