सिन्धुपाल्चोक लिदि पहिरो अपडेट: ३८ वेपत्ता, सभामुख सहितकाे टाेली घटना स्थलमा

होमल्याण्ड खबर

२०७७ श्रावण ३० गते, शुक्रबार १२:०३ मा प्रकाशित

सभामुख अग्नि सापकाेट सहितकाे टाेली यतिबेला सिन्धुपाल्चोक पुगेका छन् । सिन्धुपाल्चोक जिल्लाको जुुगल गाउँपालिका वडा नं २ लिदिमा आज विहान ६ बजे पछि माथिबाट आएको पहिरोले लामा गाउँ पुरिएको समाचार अाए पछि सभामुखकाे टाेलि त्यहाँ पुगेका हुन्।

गाउँ पुरिदा १३ घर पुरै क्षति भएको छ । ३८ जना वेपत्ता छन् भने १५ जना घाइते आफैं निस्किएका छन् । पुरिएका ५ घरका सबै सम्पर्क विहिन छन् । कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानियले जानकारी दिएका छन् ।