१० मंसिर २०८१, सोमबार
काठमाडौँ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो । तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ । संक्रमित खेलाडीमा लक्षण समेत देखिएको बताइएको छ ।
नेपालमा फुटबल खेलाडीमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना पुष्टि भएको थियो । यस्तै स्क्वास खेलका प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अहिले होम आइसोलेसनमा छन् ।
मंगलबार २३ खेलाडीसहित २९ जनाको परीक्षण गरिएकोमा हिजो २२ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।