गृहमन्त्री थापा राहत सामग्री लिएर सिन्धुपाल्चोकको जुगल प्रस्थान

होमल्याण्ड खबर

२०७७ श्रावण ३० गते, शुक्रबार १४:४७ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रस्थान गरेका छन्। शुक्रबार दिउँसो गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो प्रभावितलाई राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्।

लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेर बेपत्ता ३८ मध्ये अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने ३३ जना अझै बेपत्ता रहेका छन्। १५ जनाले भने भागेर ज्यान जोगाएका छन्।

यसअघि नै प्रतिनिधिसभाका सभामुख बिहानै पहिरो गएको स्थलमा पुगी उद्धार र राहत कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सहयोग गरिरहेका छन्।