लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण ३१ गते, शनिबार १३:४० मा प्रकाशित

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा   उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।   आईसीयुमा उपचार गराइरहेका कपिलवस्तुका ४२ वर्षीय पुरुषको  शनिबार मृत्यु भएको हो ।

मृतकको सुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र  पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आए पछि उनलाई  आईसीयुमा भर्ना गरिएको थियो । तीन दिनअघि  आकस्मिक कक्षमा भर्ना गरेर उपचार गरिरहेको उनको फोक्सोमा समस्या देखिएको थियो ।