१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । केन्द्रीय कारागारका एक कैदीमा कोरोना संक्रमण पुष्टिभएपछि सुन्धरास्थित कारागारमा त्रास फैलिएको छ । एक हजार पाँचसय भन्दा बढी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा रहेका कैदीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँ त्रास उत्पन्न भएको हो । केही समय अघि सिन्धुलीबाट कारागार सरुवा गरेर ल्याइएका कैदीलाई कोरोना संक्रमण देखिएको कारागार व्यवस्थान विभागमा प्रमुख सहसचिव द्रोण पोखरेलल जानकारी दिए । उनका अनुसार ती कैदीलाई आजै कोरोना अस्पताल बल्खुमा उपचारका लागि भर्ना गरिएको छ ।
‘ सिन्धुलीबाट केन्द्रीय कारागारको अस्पतालमा उपचारका लागि ल्याइएको थियो, उपचारका लागि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ विभागका महानिर्देशक पोखरेलले । उनका अनुसार संक्रमित कैदी ७१ वर्षीय छन् । बिरामी भएपछि उपचारका लागि उनलाई सिन्धुली कारागारबाट काठमाडौं ल्याइएको थियो । ‘सबै कैदीबन्दीलाई बाहिरबाट ल्याउँदा अनिवार्य परीक्षण हुने गरेको छ, सिन्धुलीमा परीक्षण सुविधा नभएकाले जेलमै ल्याएर परीक्षण गरिएको हो,’ महानिर्देशक पोखरेलले भने ।

