काठमाडौं उपत्यकामा हालसम्मकै सर्वाधिक संक्रमित पुष्टि

होमल्याण्ड खबर

२०७७ भाद्र २ गते, मंगलवार १६:४९ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । एकै दिन संक्रमण पुष्टि भएको यो अहिलेसम्म कै धेरै संख्या हो ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।