१० जेष्ठ २०८३, आईतवार
काठमाडाैं । सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले भण्डारीलाई सदस्य नियुक्त गरेसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिएका हुन् ।


कावा अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक तोकेको हो। भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन्।
अध्यक्ष नभएपछि श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी तोकिएको थियो। पोखरामा रहेर लामो समय पत्रकारिता गरेकी भण्डारी पत्रकार महांसघको केन्द्रीय सदस्य तथा प्रेस चौतारीको केन्द्रीय सचिव हुन् ।