उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी, अत्यावश्यक बाहेकका सेवा रोकियो

होमल्याण्ड खबर

२०७७ भाद्र २ गते, मंगलवार २०:०२ मा प्रकाशित

काठमाडौं । उपत्यकाका तीन जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले बुधबार मध्यरात १२ बजेदेखि लागु हुने गरि भदौ १० गतेसम्म्का लागि निषेधाज्ञा जारी गरेको हो । उपत्यकाका तीन जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा देखिएपछि लकडाउन गर्ने निर्णय भएको हो ।

मंगलबार मात्रै काठमाडौं उपत्यकामा २०५ जना संक्रमित देखिएका छन् । तिमध्ये काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित फेला परेका हुन् ।
निषेधाज्ञा अवधीमा अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन् ।