१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट हेटौंडामा थप एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति मृत्यु भएकी मंहेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी रहेकी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।


मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए । उनको स्वाब सोमबार नै लिइएको भए पनि प्रयोगशालामा चाप धेरै भएकाले रिपोर्ट आउन ढिला भएको चौलागाईको भनाइ छ ।