१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीमा कोरोना भाइरस संक्रमण देखिएको छ । साउन ३० गते पीसीआर परीक्षण गर्नुभएका बोगटीमा कोरोना पोजेटिभ देखिएको हो ।
उहाँ हाल कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । सावधानी अपनाउँदा अपनाउँदै को बाट आफूमा कोरोना सर्यो भन्ने थाहा नभउको उहाँको भनाइ छ । नेकपाका महासचिव विष्णु पौडेलका पीएसओलाई कोरोना पोजिटिभ देखिएपछि बोगटी र उहाँका पीएले पनि स्वाब परीक्षण गराउनुभएको थियो ।


पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट अएको थियो । त्यसबेला बोगटीको भने नेगेटिभ देखिएको थियो । तर पछि पून: परीक्षणमा पोजेटिभ देखिएको बताइएको छ ।