चौतर्फी आलोचना पछि संसद्को लोगो फिर्ता

होमल्याण्ड खबर

२०७७ भाद्र ३ गते, बुधबार १६:२५ मा प्रकाशित

काठमाडौं । संसद् सचिवालयले अद्यावधिक नक्साहितको सांसदलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ । चौतर्फी आलोचनापछि बुधबार प्रेस विज्ञप्ति निकालेर सचिवालयले लोगो फिर्ता गरेको हो । वाग्मती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयलाई लोगो फिर्ता गरिएकोे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र तीन दशमलव पाँच सेन्टिमिटर व्यास रहेको छ । प्रति लोगो पाँच हजार पाँच सय २७ रुपैयाँ खर्च लागेको बताइएको छ । तर लोगो परिमार्जन गर्दा लाग्ने खर्च भने संसद् सचिवालयले बेहोर्नु नपर्ने भएको छ ।

लोगो भद्दा भएको भन्दै सांसदले सार्वजनिक रुपमा नै लोगो नलगाउने घोषणा गरेका थिए । सामाजिक सञ्जालमा लोगोको चर्को विरोध भएको थियो ।