कोरोना संक्रमण तिब्र बनेपछि ‘सेरोलजिकल टेस्ट’ गर्ने सरकारको तयारी

होमल्याण्ड खबर

२०७७ भाद्र ३ गते, बुधबार १८:५२ मा प्रकाशित

काठमाडौ । देशभर कोरोना भाइरसको संक्रमणको दर बढेपछि सरकारले सेरोलजिकल टेस्टको तयारी सुरु गरेको छ । पछिल्लो केही हप्तायता उपत्यका लगायत देशभर संक्रमण र मृत्युदर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए ।

हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनको भनाई छ । सेरेलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन ? कस्तो अवस्थमा छ?’ भन्ने कुरा पत्ता लाग्ने पाण्डेले उल्लेख गरे । कालाजार, डेङ्गु र मलेरिया लगायतका महामारीको परीक्षणका लागि प्रयोग हुने उक्त विधि कोरोना संक्रमणको अध्ययनमा प्रयोग गर्न लागिएको हो । ९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनको भनाई छ ।