पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्यु, ४ जना घाइते

होमल्याण्ड खबर

२०७७ भाद्र ४ गते, बिहीबार १०:४१ मा प्रकाशित

बझाङ । बुंगल नगरपालिकामा पहिरोले पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्य भएको छ । पहिरोमा परेर ४ जना घाइते भएका छन्  । नगरपालिकाको वडा नम्बर ५ मिडीस्थित  प्रताप ताम्राकारकाे घर बुधबार राति पहिरोले पुरिएकाे हो ।

पहिरोले घर पुर्दा ताम्राकारका छोरा १२ वर्षीय सचिन र ६ वर्षका सुदीप ओखेडाको मृत्यु भएको छ ।  नेपाली सेना, प्रहरी र र स्थानीयवासीको प्रयास पहिरोबाट उनीहरुको शव निकादिएको पुरिएका अवस्थामा निकालिएको हो ।

पहिराेमा परेर उनकी श्रीमती ४० वर्षीया पिपला, छाेरीहरू १८ वर्षीया सुनिता र टिन्टी भनिने १२ वर्षीया सन्तोषी र १६ वर्षका छोरा अनिल घाइते भएका छन। उनीहरुको खिरातडीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रताप भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन् ।