९ मंसिर २०८१, आईतवार
काठमाडौैँ ।आजदेखि काठमाडौँ उपत्यकामा बैैँकका सिमित शाखा खोलिने भएको छ । गृहमन्त्रालयले उपत्याकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएपछि बैंक खुल्ने भएका हुन् ।
निषेधाज्ञाका पहिलो दिन हिजो बैंकिङ सेवा प्रभावित भएका थिए । गृहमन्त्रालयको निर्देशन पछि आज दोस्रो दिन सिमित संख्यामा बैंक खोलिने भएका छन् । हिजो प्रहरीले कार्यालय हिंडेका कर्मचारीलाइ रोकेर तनाव दिएपछि नेपाल बैंकर्स संघले सेवा दिन नसकिएको भन्दै खुलेका बैंकपनि एकाएक बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले बैंकलाई अत्यावश्यक सेवामा राखेको छ । नेपाल राष्ट्र बैंकले स्थानिय प्रशासनको समन्वयमा केही शाखा खोलेर सेवा दिन निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि बैंकहरूले उपत्यकामा एक बैंकले ८ शाखासम्म खोेलेर सेवा दिने बताएका छन् ।