वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

होमल्याण्ड खबर

२०७७ भाद्र ५ गते, शुक्रबार १५:१२ मा प्रकाशित

पर्सा । कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

संक्रमित मुटुसम्बन्धी समस्याबाट ग्रसित रहेका थिए । हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत उनी पीडित रहेको अस्पताल स्रोतले जनाएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।