नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ भाद्र ६ गते, शनिबार १६:५६ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले   पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५१९ स्वाब परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १ सय २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।  हिजो काठमाडौँ उपत्यकामा १८२  जना संक्रमित थपिएका थिए ।