विचार गरौं : खाद्यसामग्रीका प्याकेटमा पनि कोरोना भाइरस हुनसक्छ !

होमल्याण्ड खबर

२०७७ भाद्र ७ गते, आईतवार १०:३६ मा प्रकाशित

हालै चीनमा  दक्षिण अमेरिकाबाट ल्याइएको  फ्रोजन  झींगे माछा  र  कुखुराको मासुका परिकारमा  कोरोना भाइरस देखा परेको थियो  ।  आधुनिक बाजारमा अधिकांश  सामानहरु  प्याकेटमै उपलब्ध छन् ।

विज्ञ चिकित्सकहरुका अनुसार -‘यस्तै उपभोग्य सामग्रीका प्याकेटहरुमा लामो समयसम्म कोरोना भाइरस जिवित रहन्छ ।’  यसबाट उपभोग्य सामग्रीका पकेटबाट पनि कोरोना संक्रमण फैनल सक्छ भन्ने प्रमाणित भएको छ । ल्याप टेष्ट र अध्ययनले सामानका प्याकेटहरुमा कोरोना भाइरस हुने कुरालाई प्रमाणित गरिदिएको छ । एक ल्याप अनुसन्धानले बजारमा पाईने आद्य सामग्री या उपभोग्य अन्य वस्तुका प्याकेटमा पनि कोरोना भाइरस भेटिएको तथ्य सार्वजनिक गरेको छ ।
कोरोना भाइरस कम तापक्रममा लामो समयसम्म जिवित रहन सक्ने भएका कारण पसलहरुमा बिक्रिका लागि राखिएका खाद्यका सामग्रीका प्याकेटमा कोरोना भाइरस हुनसक्ने सम्भावना बढी रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
(एजेन्सिज )