१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । सरकारले उपत्यकामा लगाएको निशेधाज्ञालाई थप कडा बनाउने भएको छ। निशेधाज्ञा जारी भए पछि पनि खाद्यान्न तथा तरकारी पसल दिनभर खुल्ने र सर्वसाधारण किनमेल गर्न दिनभर बाहिर निस्कने भएका कारण अब बिहान ९ः१५ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न दिइने भएको छ ।
उपत्यकामा जारी निशेधाज्ञालाई कडा बनाउनका लागि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको हो । यो निर्णय लागु गरेसंगै अत्यावश्यक वस्तु मध्ये खाद्यान्न लगायत विक्री वितरण गर्ने पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाउने छन् ।


औषधि,स्वास्थ्य सामग्री र पानीका पसल भने जुनसुकै समयमा पनि निर्वाद रुपमा खुल्न पाउँने छन् ।