उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ भाद्र ८ गते, सोमबार १६:३९ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालमा गरिएको १०हजार २३४
जनाको पीसीआर परीक्षणमा उपत्यकामा थप २४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए।