८ मंसिर २०८१, शनिबार
चेन्नई सिपर किंग्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा पुगेको छ । मंगलबार राती भएको प्लेअफमा सनराईजर्स हैदराबादलाई २ विकेटले हराउँदै चेन्नईले सातौं पटक फाइनलको यात्रा तय ग¥यो ।
१४० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पनि चेन्नईको पारी धरमराएको थियो । ६२ रनको लागि ६ विकेट खर्चिएको चेन्नईको पारीलाई फाफ डु प्लेसिसले सम्हालेका थिए । चेन्नईले सो लक्ष्य १९.१ ओभरमा ८ विकेट गुमाउँदै प्राप्त ग¥यो ।
ओपनिङमा आएका डु प्लेसिसले एक पछि अर्को ब्याट्सम्यान लगातार आउट भएको अवस्थामा ४२ बलमा ६७ रन बनाए । उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । सुरेश रैनाले २२ रन, शार्दुल ठाकुरले १५ र दिपक चाहरले १० रन बनाए । अन्य कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङ तर्फ सन्दिप शर्मा, सिद्धार्थ कउल र रसिद खानले २–२ विकेट लिए भने भुवनेश्वर कुमारले एक विकेट हात पारे ।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । खराब सुरुवात गरेको हैदराबादका लागि पछिल्ला क्रमका ब्याट्सम्यान कार्लोस ब्राथवेटले ४३ रनको अविजित पारी खेले । कप्तान केन विलियमसन र युसुफ पठानले २४–२४ रन बनाए ।
हैदराबादलाई कम स्कोरमा रोक्नका लागि ड्वाइन ब्राबोले २ विकेट लिए भने दिपक चाहर, लुंगी गिँडी, शार्दुल ठाकुर र रवीन्द्र जडेजाले १–१ विकेट लिए ।