एकैदिन थपिए ८५५ संक्रमित, ३१३ जना डिस्चार्ज

होमल्याण्ड खबर

२०७७ भाद्र ९ गते, मंगलवार १६:४४ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार तीन सय २७ जनामा गरिएको परीक्षणमा मंगलबार ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

संक्रमितमध्ये हालसम्म १९ हजार एक सय १९ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा तीन सय १३ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर १० हजार चार सय ५३ जना मानिस क्वारेन्टाइनमा रहेका छन् ।