१० जेष्ठ २०८३, आईतवार
काठाडमौं। काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले जारी निषेधाज्ञालाई भदौ १७ गते राति १२ बजेसम्म लम्ब्याउन सिफारिस गरेको छ ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउन सिफारिस गरेको हो ।


उक्त सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिलेसमेत अनुमोदन गरिसकेको जानकारी गराइएको छ । अब गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका पनि बताइएको छ ।
यही भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा निषेधाज्ञा जारी गरिएको छ । उक्त निषेधाज्ञा भोलि राति १२ बजेदेखि सकिदैछ ।