१० जेष्ठ २०८३, आईतवार
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नौ सदस्यीय उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ । काेराेना (कोभिड–१९) ले नेपाली सञ्चार क्षेत्रमा पारेको असरको समग्र अध्ययनका लागि समिति गठन गरिएको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा गठित समितिले एक महिनामा अध्ययन गरी सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाउनेछ । गत साउन २६ मा मन्त्रीस्तरको निर्णयबाट गठित समितिलाई काम कर्तव्य अधिकार (टिओआर) पनि मन्त्रालयले सुम्पेको छ ।


कोभिड-१९ का कारण सञ्चार माध्यममा परेको असरबारे विस्तृत अध्ययन गरी सुभावसहित प्रतिवेदन पेश गर्ने, कोभिड १९ महामारीकाबीच पनि प्रकाशन प्रसारणलाई निरन्तरता दिई सूचना प्रवाहमा पुर्याएको योगदानको आधारमा त्यस्ता सञ्चार प्रतिष्ठानलाई सहुलियत, राहत र सुरक्षाको प्रबन्ध मिलाउन आवश्यक सुझाव दिने रहेको छ ।
त्यस्तै, कोभिड-१९ का कारणले श्रमजीवि पत्रकारको अवसर, चुनौती, लाभ एवम् हानीका बारेमा अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेबारी दिइएको समितिका संयोजक अर्यालले जानकारी दिए ।