१० जेष्ठ २०८३, आईतवार
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका हुन् ।


जसमध्ये काठमाडौंमा मात्र १ सय ५५ संक्रमित थपिएका छन् भने ललितपुरमा १९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १२ जना संक्रमित देखिएका छन् ।