नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८४ जनामा संक्रमण

होमल्याण्ड खबर

२०७७ भाद्र १३ गते, शनिबार १६:३५ मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ।