१० जेष्ठ २०८३, आईतवार
भक्तपुर। भक्तपुरमा आज थप एक जना कोरोना भाइरसद्वारा संक्रमित व्यक्तिको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ दूधपाटीस्थित भाज्यापुखुको पश्चिमपट्टि ज्ञानकुञ्ज टोलमा घर भएका ६५ वर्षका पुरुषको आज बिहान होम आइसोलेसनमै मृत्यु भएको भक्तपुर नगरपालिका वडा नं.१का वडाध्यक्ष्य श्याम कृष्ण खत्रीले जानकारी दिए।
मृतक पुरुष उच्च रक्तचाप, मधुमेह जगायतका दिर्घरोग भएको र भदौ १२ गतेको पीसीआर परीक्षण रिपोर्टमा कोरोना भाइरस संक्रमण देखिए पछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान नसक्ने अवस्था भएकोले घरमै आइसोलेसनमा राखेको वडा अध्यक्ष खत्रीले बताए। मृतकको परिवारको पनि पीसीआर गर्ने तयारी भै रहेको उहाँले जानकारी दिए।


संक्रमितका शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने महानगरीय प्रहरी परिसर भक्तपुरको सूचना अधिकृत डीएरपी दिपक गिरीले बताए । आज सम्म भक्तपुर जिल्लामा कोरोना भाइरसबाट मर्नेको संख्या ४ जना महिला र ३ जना पुरुष गरि जम्म ७ जना पुगेको छ ।