काठमाडौंको भद्रकालीमा डिउटीमा रहेका सिपाहीले गोली हानी आत्महत्या गरे

होमल्याण्ड खबर

२०७७ भाद्र १४ गते, आईतवार १२:३६ मा प्रकाशित

काठमाडौंः सैनिक मूख्यालयमा डिउटीमा खटिएका एक सैनिकले आफैले बोकेको बन्दुकले गोली हानी आत्महत्या गरेका छन् । काठमाडौंको भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेको सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको छ ।

ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।