१० जेष्ठ २०८३, आईतवार
सुनसरीः बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत कोरोना संक्रमित आमाछोराको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार प्रतिष्ठानमा भर्ना भएकी धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज (आइतबार) बिहान मृत्यु भएको हो । प्रतिष्ठानले विज्ञप्तिमार्फत कोरोना संक्रमित आमाको बिहान ८ ः३० र छोराको ७ः४५ बजे मृत्यु भएको जानकारी दिएको छ ।


मधुमेह र उच्च रक्तचापको विरामी रहेका आमाछोरालाई अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझ प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक दुवैजनामा आज (आइतबार) बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।