१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । सरकारले कोभिड–१९ परीक्षणको शुल्क घटाएको छ । सरकारले कोरोना परिक्षणका लागी पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय मात्रै लिन पाउने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आज बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहितको बैठकले पीसीआरको शुल्क घटाएर ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने बताउनुभयो । यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।


नयाँ शुल्क आइतबारबाटै लागू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो ।
‘निर्धारण गरिएको भन्दा धेरै शुल्क कसैले पनि लिन पाउने छैनन्’, मन्त्रालयको निर्णयबारे जानकारी दिँदै सहप्रवक्ता अधिकारीले भन्न्ुभयो , ‘अब सङ्क्रमितको सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिको भने निःशुल्क परीक्षण गर्ने निर्णय भएकोे छ।’
सरकारले लक्षण देखिएका व्यक्ति वाहेक अरुको कोरोना परीक्षणमा शुल्क लाग्ने व्यवस्था गरेको छ ।